नियम २३
खाता सञ्चालन
नियम १८ को उपनियम (१) बमोजिम नियन्त्रणमा लिएका सेवा प्रदायकको दूरसञ्चार सेवालाई निरन्तरता दिनु पर्ने भएमा प्राधिकरणले दूरसञ्चार सेवा प्रदान गरे वापत प्राप्त शुल्क जम्मा गर्न तथा दूरसञ्चार सेवा सञ्चालन गर्नको लागि आवश्यक पर्ने रकम खर्च गर्ने प्रयोजनको लागि छुट्टै खाता खोल्नेछ र त्यस्तो खाताको सञ्चालन तथा प्रयोग व्यवस्थापन समूह वा प्राधिकरणबाट खटिएको अधिकृत कर्मचारीबाट निर्णय भए बमोजिम हुनेछ।